सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा

१ हप्ता अगाडि

काठमाडौं - सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ । यस कम्पनीले उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको हो । 

कम्पनीका अनुसार काठमाडौं बजारमा सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यस दुधको प्रत्येक प्याकेट क्रिमयुक्त छ । यसले सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार दुधमा न्यूनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनफ हुने हुँदा सजिलै पचाउन सकिन्छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० एमएलको पाउचमा उपलब्ध छ । यसको अधिकतम विक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया