१७औं नेपाल–चीन आर्थिक मेला हुँदै

१ हप्ता अगाडि

काठमाडौँ - भृकटीमण्डपमा १७औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला हुने भएको छ। उक्त मेला आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यस पटक नेपालमा गर्ने तयारी गरिएको छ। नेपाल चीन  बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ। यस व्यापार मेलामा तिब्बतका सरकारी प्रतिनिधिको रूपमा तिब्बत सरकारका उपाध्यक्ष महामहीम लाङ फुकुवानको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधिहरूको सहभागिता रहनेछन्।


 

१ हप्ता अगाडि

प्रतिक्रिया