वाईवाई चाउचाउको गुणस्तर फेल, चौधरी ग्रुपले तिर्‍यो २ लाख जरिवाना

१ हप्ता अगाडि

काठमाडौं-  चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई चाउचाउको गुणस्तर फेल भएको भेटिएको छ । काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको महानगरले जनाएको छ ।

महानगरको अनुगमन निरीक्षक डा।अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा। झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए ।


चाउचाउमा पनि अस्वाभाविक ढुसी देखिएपछि एक उपभोक्ताले महानगरमा उजुरी गरेका थिए । उक्त उजुरीपछि महानगरको अनुगमन टोलीले उक्त लटका केही चाउचाउका प्याकेट बजारबाट ल्याएर जेस्ट ल्याब्रोटरीमा परीक्षणको लागि पठाएको थियो । ‘परीक्षणमा चाउचाउमा हुनुपर्ने एसिड भ्यालु नभएको देखिएको थियो । सोही आधारमा हामीले कारबाही सुरु गरेका हौं । अन्य लटको चाउचाउमा पनि अब अनुगमन हुन्छ,’ झाले अनलाइनखबरसँग भने ।

१ हप्ता अगाडि

प्रतिक्रिया