फरवार्ड माइक्रोफाइनान्सको नाफा ११ करोड ६५ लाख रुपैयाँ

१ हप्ता अगाडि

काठमाडौं- फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.६ गुणा बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको बिजनेस आम्दानी (खुद ब्याज आम्दानी) ६ प्रतिशत मात्रै बढेको छ ।  लोन लस प्रोभिजन रकम करिब ६ करोड घटाउँदा त्यसको असर नाफामा देखिएको हो ।

कुल निष्क्रिय कर्जामा गत वर्षको तेस्रो त्रैमासमा १०२ प्रतिशत प्रोभिजन गरेकोमा अहिले ९८ प्रतिशतमा झारेको छ । कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष ५.८८ प्रतिशत रहेकोमा अहिले ८.२६ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसाबाट हाल बढेर १४ रुपैयाँ ७२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ छ । चैत मसान्तसम्म कम्पनीको वितरण गर्न मिल्ने नाफा ३३ करोड ८७ लाख रुपैयाँ छ । हाल यस माइक्रोफाइनान्सको साधारण सेयर मूल्य प्रतिकित्ता १०९५ रुपैयाँ छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया