प्रतितोला १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

१ हप्ता अगाडि

काठमाडौं- शुक्रबार सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेको छ । बिहीबार २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार १४०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार १५० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा करोबार भएको थियो ।


शुक्रबार चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३३६ दशमलव १३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ५२ पैसामा कारोबार भइरहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया