राष्ट्रिय बीमा कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त

१ हप्ता अगाडि

काठमाडौँ - राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको आजै बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । 

डा. शिव हरी श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । डा.श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

 कम्पनीले यसअघि सीईओका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा समावेश गरेको थियो । समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिएका थिए । कम्पनीको सीईओकालागि ९ जनाको आवदेन परेको थियो ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया