ताप्लेजुङमा नौ महिना ५१ वटा नयाँ उद्योग दर्ता

१ हप्ता अगाडि

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०\८१ को चैत मसान्तसम्ममा ताप्लेजुङमा  एकाउन्न वटा नयाँ उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार नयाँ थप अर्थात दर्ता भएकासमेत उद्योगको सङ्ख्या कुल दुई हजार १८२ पुगेको छ।

चालू आवको साउनदेखि चैत मसान्त सम्ममा सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता भएका घरेलु कार्यालयले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईका अनुसार कृषि तथा वन पैदावारसम्बन्धीका २८ वटा नयाँ उद्योग दर्ता भएका छन्। त्यसपछि पूर्वाधारका नौ वटा, पर्यटन र सेवामुलक पाँच–पाँचवटा र उत्पादनमूलक चारवटा उद्योग दर्ता भएको भट्टराईले जानकारी दिए । त्यस्तै चालू आवको चैत मसान्तसम्म ९१ वटा उद्योगको नवीकरण भएकोे छ। 


 

१ हप्ता अगाडि

प्रतिक्रिया