राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव

१ हप्ता अगाडि

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी ६९ औँ वार्षिकोत्सव मनाएको छ ।  उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ पृष्ठ लामो मन्तव्यसमेत दिएका छन् । 

उनले मन्तव्यलाई १८५ बुँदामा समेटेका छन् । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उनले आफ्नो मन्तव्य दिएका हुन् । उनले राष्ट्र बैंकले प्रदेशगत रुपमा मूल्य सूचक सार्वजनिक गर्ने तयारी अघि बढाएको बताएका छन् । अहिले देशभर ८७ वटा बजार केन्द्रलाई आधार मानेर राष्ट्र बैंकले मूल्य सूचकसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ । २०७१–७२ को आधार वर्षको आधारमा अहिले मूल्य सर्भेक्षण हुँदै आएको छ । यो आधार वर्षलाई परिवर्तन गरेर २०८०–८१ कायम गर्ने र भारांक समेत परिवर्तन गर्ने गृहकार्य गरिरहेको गभर्नर अधिकारीले बताए । 

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण ९चौथो० को आधारमा उक्त भारांक परिवर्तन गरिनेछ । अहिले बजार सर्वेक्षणका लागि ४ सय ९६ वा वस्तुलाई २२ वटा वर्गमा विभाजन गरेर मूल्य सर्भेक्षणसम्बन्धी कार्य हुँदै आएको छ । प्रत्येक वस्तुलाई आधार वर्षको उपभोग स्तरको आधारमा भार तोकिँदै आए छ । उक्त अवसरमा गर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले अन्तरदेशीय कारोबारको भुक्तानी सहजीकरणका लागि केन्द्रीय बैंक डिजिटल मुद्रा ९सीबीडीसी० को लागि अध्ययन समेत अघि बढाएको बताए । २०२६ सम्ममा उक्त मुद्राको परीक्षण सुरुआत गर्न केन्द्रीय बैंकको तयारी छ । त्यसका लागि बैंकभित्र विद्युतीय मुद्रा महाशाखा स्थापना गरिएको छ ।
 
 

१ हप्ता अगाडि

प्रतिक्रिया