नेपाल लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो ।

कम्पनीले न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ। कम्पनीले अघिल्लो वर्ष २०७८/७९ कै बोनसदरलाई निरन्तरता दिएको छ। यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया