आइपिओमा जाने भएपछि वाई वाई चाउचाउलाई बदमान बनाउने प्रयास भयोः निर्वाण चौधरी

२ हप्ता अगाडि

काठमाडाैं - आइपिओ जाने भएपछि वाईवाईलाई बदनाम बनाउने प्रयत्न भएको निर्वाण चौधरीले बताएका छन् । सामाजिक संञ्जालमा लेख्दै उनले वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयास स्वरुप केही गलत हर्कतहरु भएको बताएका हुन् । उनले  नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसके र यो अझै विश्वका अन्य देशहरुमा फैलिदै गएको उनको दाबी छ । उनले भने,‘ जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन ।’

चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएको उनको भनाई छ । ‘हामीले पटक पटक भनेका छौं  कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्,‘उनले भने,‘ अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? ’

1714365382343

२ हप्ता अगाडि

प्रतिक्रिया