सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

२ हप्ता अगाडि

काठमाडौँ-  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घट्दै १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै  चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

२ हप्ता अगाडि

प्रतिक्रिया