उद्योग विभागबाट ९ अर्बको लगानी स्वीकृत

२ हप्ता अगाडि

काठमाडौँ - तेस्रो लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आज तीनजना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गरेका छन् । 

जसअनुसार चिनियाँ कम्पनीको लगानी ६ अर्ब स्वीकृत भएको छ । यस्तै अस्ट्रेलियस्थित जे एण्डजेजी इम्भेस्टमेन्ट कम्पनीको ३ अर्ब लगानी स्वीकृत भएको छ । एक्लियस इनर्जी युके कम्पनीको साढे १३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया