चीनसँगको व्यापार घाटा चिन्ताजनक

२ हप्ता अगाडि

काठमाडौँ - नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ । 

नेपालबाट हुने निर्यातभन्दा आयात १०२ गुणा बढी रहेको भन्सार विभागको तंथ्याकले देखाउछ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै नेपालले चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । चालु आर्थिक वर्ष को नौ महिनामा नेपालले २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख १९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ भने २ अर्ब ११ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । यसले नेपाल र चीनबीचको व्यापार घाटाको खाडललाई देखाउँछ।

गत आर्थिक वर्ष २०७९र\८० मा चीनबाट २ खर्ब २२ अर्ब रूपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ अर्ब ७६ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । करिब एक दशकको अवधिमा दुई गुणाले आयात बढेको छ। आव २०७०\७१ मा आयात ७९ अर्ब ७२ करोड रूपैयाँ थियो । उक्त आवमा २ अर्ब ५२ करोड रूपैयाँको वस्तु नेपालबाट चीनतर्फ निर्यात भएकामा ९ वर्षपछि आव २०७९\८० मा निर्यात घटेर १ अर्ब ७६ करोड रूपैयाँमा खुम्चिएको छ। यसरी हेर्दा सबैभन्दा ठुलो व्यापार घाटा चीनसँग छ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया