कामना सेवा विकास बैक र Om Muktinath Polyclinic Pvt. Ltd. बीच सम्झौता

२ हप्ता अगाडि

काठमाडौँ - कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित Om Muktinath Polyclinic Pvt. Ltd.सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त Om Muktinath Polyclinic Pvt. Ltd. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया