नेपाल राष्ट्र् बैंक द्धारा एसबिआई बैंक सम्मानित

२ हप्ता अगाडि

काठमाडौँ - नेपाल एसबिआई बैंक लि. रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । 

नेपाल राष्ट्र् बैंकको 67  औं वार्षिक उत्सव समारोहको अवसर पारेर मिति 2081\01\14 मा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लि. लाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार देलाई प्रदान गरेका थिए ।

आर्थिक वर्ष  2081\01\14 भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो । नेपाल एसबिआई बैंक लि.ले ९७  शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया