नेपाली बजारमा सुनको मूल्य स्थिर

मंगलबार, १८ बैशाख २०८१, ११ : ०२

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
तथापि, यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 


 

मंगलबार, १८ बैशाख २०८१, ११ : ०२

प्रतिक्रिया