लाइफ इन्स्योरेन्स कर्पोरेसनले लाभांश नदिने

२ हप्ता अगाडि

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । सोमबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांशको प्रस्ताव नगरीकन २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारणसभाले पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष पनि सेयरधनीलाई लाभांश दिएको थिएन । दोस्रो बजारमा यस कम्पनीको मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता १३१५ रुपैयाँ छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया