आकर्षक उपहार को साथमा  मे महिना लाइ स्वागत गर्दै अनर

२ हप्ता अगाडि

काठमाडौं- "अनर मे उत्सव" ल्याएको छ , जसमा नेपालभरका अनर का ग्राहकहरूका लागि आकर्षक  उपहारहरू समावेश छन्। नेपालको लागि अनर को आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रा. लि ले मे उत्सव अभियानको घोषणा गरेको हो जसमा ग्राहकहरूले प्रत्येक HONOR स्मार्टफोनको खरिदमा उपहारहरू प्राप्त गर्न सक्छन् र साथै लक्की ड्र मार्फत भेस्पा जित्ने मौका पनि पाउन सक्नेछन।

HONOR स्मार्टफोनहरू खरिद गर्ने ग्राहकहरूले यस प्रवर्धनको एक भागको रूपमा विशेष उपहारहरू प्राप्त गर्नेछन्। HONOR 90 5G को खरिदमा,   ग्राहकहरूले रु. १३,९९९/- मूल्यको HONOR Choice Watch प्राप्त गर्नेछन्। त्यसै गरि HONOR X9b खरिद गर्नेहरूले रु. ५,४९९/- मूल्य भएको HONOR Choice Earbuds X5 प्राप्त गर्न सक्नेछन।   त्यस्तै, HONOR 90 Lite खरिद गर्ने ग्राहकहरूले रु. ३,९९९/- मूल्य को Anker Soundcore Life P2i र HONOR X7b  वा HONOR X8b को खरिदकर्ताहरु ले रु २०००/-. मूल्यको वैज्ञानिक क्याल्कुलेटर प्राप्त गर्नेछन्। । थप रूपमा, HONOR X5 Plus खरिद गर्ने  ग्राहकहरूले रु. १,३९५/- मूल्यको Sunelan S3  नि:शुल्क उपहार प्राप्त गर्नेछन्।

यसबाहेक, उत्सव मा थप उत्साह को लागि लक्की ड्र पनि रहनेछ, जहाँ HONOR 90 5G का एक भाग्यशाली ग्राहकले भेस्पा जित्ने मौका पाउने छन्।
 यी आकर्षक उपहारको बहार १ मे बाट सुरु भएर ११ मे २०२४ सम्म जारि रहनेछ भने यो अबधि मा खरिद गरियका फोनहरु मा मात्र उपलब्ध हुनेछ। अफलाइन र अनलाइन  दुवै प्लेटफर्महरूमा मान्य रहने यो अफर  ग्राहकहरूले HONOR आधिकारिक स्टोरहरू वा Daraz र HUKUT जस्ता अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सक्छन्।

२ हप्ता अगाडि

प्रतिक्रिया