आगलागीका कारण नेपाल टेलिकमको एउटा टावरमा क्षति

२ हप्ता अगाडि

काठमाडौं- आगलागीका कारण गुल्मी जिल्लामा रहेको नेपाल टेलिकमको एउटा टावरमा क्षति पुगेको छ।

मालिका गाउँपालिका वडानम्बर-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभिन्न उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। आगोलागीबाट नेपाल टेलिकमको बि.टि.एस. टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ ओटा, विद्युत मिटरबक्स, केबुल (तारहरु) सम्पुर्ण जलेर क्षति भएको छ।

टावर वरपर लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ। टावर आगलागीमा परेसँगै उक्त क्षेत्रमा टेलिकमको सेवा अवरुद्ध भएको बताईएको छ। गर्मी र  सुख्खायाम शुरु भएसँगै जिल्लामा दैनिकजसो आगलागीका घटनाहरू बढिरहेको उल्लेख छ।

२ हप्ता अगाडि

प्रतिक्रिया