घट्यो अन्डाको मूल्य, अब कति ?

२ हप्ता अगाडि

काठमाडौँ - नेपाल लेयर कुखुरापालक संघले अन्डामा नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ । यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो । 
 
 

२ हप्ता अगाडि

प्रतिक्रिया