नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न

२ हप्ता अगाडि

काठमाडौँ- नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

साधारणसभाबाट संस्थापक समूहतर्फ दुई र सर्वसाधारण समूहबाट दुई गरी चार जनाको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ। संस्थापक समूहबाट चन्द्रमान मलेकु, टेकनाथ ढकाल र सर्वसाधारण समूहबाट पुकार थापा र गणेशमान प्रधान निर्विरोध निर्वाचित भएका छन्।

यस्तै संस्थालाई तोकिएको न्यूनतम चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ। साथै सभाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, बैकको केन्द्रीय कार्यालय स्थानान्तरण र अन्य समसामयिक विषय प्रस्ताव पारित गरी आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया