नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न

विहीबार, २० बैशाख २०८१, १४ : ४७

काठमाडौँ- नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

साधारणसभाबाट संस्थापक समूहतर्फ दुई र सर्वसाधारण समूहबाट दुई गरी चार जनाको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ। संस्थापक समूहबाट चन्द्रमान मलेकु, टेकनाथ ढकाल र सर्वसाधारण समूहबाट पुकार थापा र गणेशमान प्रधान निर्विरोध निर्वाचित भएका छन्।

यस्तै संस्थालाई तोकिएको न्यूनतम चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ। साथै सभाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, बैकको केन्द्रीय कार्यालय स्थानान्तरण र अन्य समसामयिक विषय प्रस्ताव पारित गरी आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ।
 

विहीबार, २० बैशाख २०८१, १४ : ४७

प्रतिक्रिया