उन्नत जातका भैँसी अनुदान

२ हप्ता अगाडि

काठमाडौँ - कैलालीको चुरे गाउँपालिकामा व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा १८ उन्नत जातका दुधालु भैँसी वितरण गरेको छ । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले  गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको हो । 

गाउँपालिकाको चालु आर्थिक वर्षको पशु विकास शाखालाई कुल विनियोजित बजेट रु ३९ लाखमध्ये रु १८ लाखको लागतमा दुधालु भैँसी किनेर अनुदानमा उन्नत जातका दुधालु भैँसीसँगै किसानलाई आवश्यक पर्ने सामग्री वितरण गरिएको छ । पशु विकास शाखाले चालु आवभित्र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन, रु पाँच लाखमा रागा बनाउने मेसिन र रु छ लाखमा औषधि खरिद गरी पशुपालक किसानलाई वितरण गरिनेसमेत जनाएको छ । 


 

२ हप्ता अगाडि

प्रतिक्रिया