राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड बैंकमा निक्षेप राख्ने

शुक्रबार, २१ बैशाख २०८१, १६ : २२

काठमाडौँ - नेपाल राष्ट्र बैंकले पेन्सन कोषमा रहेको २४ करोड ब्याजमा लगानी गर्ने भएको छ । २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म कूल ३६६ दिनका लागि राष्ट्र बैंकले २४ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो । 

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक कता वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । बैंकको सूचनाअनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १९ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ६० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २४ गते बेलुका ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् । तथापि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने बैंकले सर्त राखेको छ । 

शुक्रबार, २१ बैशाख २०८१, १६ : २२

प्रतिक्रिया