बढ्दै नेपालबाट जुस निर्यात

१ हप्ता अगाडि

काठमाडौँ - भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नै ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । यो बढ्दो जुस निर्यातको तथ्यांक हो ।

नेपालबाट विदेशतर्फ पाइनएप्पल, गोलभेडा, अंगुर, सुन्तला, आँप र स्याउ तथा मिक्स फलफुलको जुस निर्यात हुँदै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा सबैभन्दा बढी ४ अर्ब ५१ करोडको मिक्स जुस निर्यात भएको छ । यसपछि ४८ करोड ८५ लाख रुपैयाँको पाइनएप्पलको जुस निर्यात हुँदा ३५ करोड १६ लाख रुपैयाँको स्याउको जुस निर्यात भएको छ । यसबाहेक ९० करोड २३ लाख रुपैयाँको सुन्तलाको जुस निर्यात भएको तथ्यांकले देखाएको छ । यो ‘मिक्स जुस’को निर्यातपछि सबैभन्दा धेरै हो ।

५ करोड रुपैयाँभन्दा बढी अंगुरको जुस निर्यात हुँदा ४ करोड २६ लाख रुपैयाँको गोलभेँडाको जुस निर्यात भएको छ । यस्तै ११ लाख रुपैयाँको आँपको जुस निर्यात भएको तथ्यांक भन्सार विभागले दिएको छ । चालू वर्षमा भएको जुसको निर्यात गत आर्थिक वर्ष २०७९÷८० को वर्षभरिको निर्यातको हाराहारी नै छ । नेपालबाट विदेशतर्फ निर्यात हुने जुसको बढीजसो हिस्सा भारतमा जान्छ । भारतपछि चीन, अमेरिका, अस्ट्रेलिया, क्यानडा, इटाली, ब्राजिल र जर्मनीमा समेत नेपालमा उत्पादित जुस पुग्ने गरेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया