सीजी फुड पार्क घटनाप्रति उद्योग परिसंघको आपत्ति

१ हप्ता अगाडि

काठमाडौं - सीजी फुड पार्कमा  भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ । सीजी फुडमा कार्यरत कर्मचारीमाथि हातपात एवम भौतिक सम्पत्ति तोडफोड भएको घटना निन्दनीय रहेको परिसंघले जनाएको हो ।


देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । अहिलेको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवम् सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराइएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया