क्यानडामा सिख नेताको हत्या आरोपमा तीन भारतीय पक्राउ

१ हप्ता अगाडि

काठमाडौं – भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडाले तीन भारतीय नागरिकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ।

गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको थियो। तर दिल्लीले क्यानडाले लगाएका आरोप अस्वीकार गरेको थियो।

प्रहरी उपरीक्षक मनदीप मुकरले शुक्रवार दिएको जानकारी अनुसार पक्राउ पर्नेहरू २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीका करण प्रीत सिंह छन्।

तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए। उनीहरू बसेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको उनले बताए।

अदालतको अभिलेख अनुसार तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ।
बिबिसीबाट

१ हप्ता अगाडि

प्रतिक्रिया