बाराका किसानद्धारा १० हजार मेट्रिकटन दलहन उत्पादन

१ हप्ता अगाडि

काठमाडौँ - बारामा यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी दस हजार मेट्रिकटन दलहन उत्पादन गरेका छन्। 

कृषि ज्ञान केन्द्र बाराका प्रमुखले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए। उत्पादित दलहनको  प्रतिक्विन्टल  रु १० हजारको दरले बिक्रिवितरण भइरहेको छ । यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका छन्। जिल्लामा  मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन  उत्पादन भएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया