जापानमा फाइभजी भन्दा २० गुणासम्मको बढी गतिमा डेटा ट्रान्सफर गर्न सक्ने डिभाइस विकास

१ हप्ता अगाडि

काठमाडौं-  जापानी दूरसञ्चार कम्पनीको एक समूहले संयुक्त रूपमा उच्च गतिको सिक्स जी वायरलेस डिभाइस विकास गरेका छन् । चार ओटा जापानी दूरसञ्चार कम्पनीले फाइभजी भन्दा २० गुणासम्मको बढी गतिमा डेटा ट्रान्सफर गर्न सक्ने डिभाइस विकास गरेका हुन् ।

डोकोमो, एनटीटी कर्पोरेसन, एनईसी कर्पोरेसन र फुजित्सु नामक चार दूरसञ्चार कम्पनीले उक्त डिभाइस तयार पारेका हुन् । यी चार कम्पनीले सिक्सजीका लागि आवश्यक पर्ने सब(टेराहर्ज (हायर फ्रिक्वेन्सी) डिभाइसमाथि सन् २०२१ देखि अनुसन्धान र विकासमा सहकार्य गर्दै आएका छन् । किनकी सामान्यतया उच्च गतिका लागि माथिल्ला ब्यान्डको फ्रिक्वेन्सी आवश्यक पर्ने गर्छ । 

सो डिभाइसले एक सय मिटर (३३० फिट) सम्मको दूरीमा प्रति सेकेन्ड १०० गिगाबिट्स (जीबीपीएस) मा डेटा ट्रान्सफर गर्न सकेको उनीहरूले जनाएका छन् । यो गति १०० गिगाहर्ज र ३०० गिगाहर्ज ब्यान्डमा प्राप्त गरेको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जुन पाँच ओटा एचडी चलचित्र एकै साथ प्रत्येक सेकेन्डमा प्रत्यक्ष प्रसारण गर्नु सरह भएको बताइएको छ । यद्यपि यो परियोजना सफल हुन अझ धेरै काम गर्न बाँकी रहेको उनीहरूले उल्लेख  गरेका छन् । तर पनि यो सफलता सिक्सजी प्रविधिको विकासमा महत्त्वपूर्ण साबित हुने जनाइएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया