सिटिजन्स बैंक र भिवान्ताबिच समझदारी

१ हप्ता अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको झम्सिखेलस्थित भिवान्ता काठमाडौंबीच सिटिजन्सका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभर रहेका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० जिल्लामा सेवा प्रदान गर्नेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया