मौन्द्रिक नीतिको तेस्रो  समिक्षा : सेयर बजारलाई लक्षित हुनेगरी होला नीति परिवर्तन ?

१ हप्ता अगाडि

काठमाडाैँ - नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । यसका लागि केन्द्रीय बैंकले अहिले आन्तरिक छलफल गरिरहेको छ भने तथ्यांकहरु अध्ययन गरिरहेको छ । तथापि, समीक्षाको लागि अर्थतन्त्रको ९ महिनाको तथ्यांक केन्द्रीय बैंकले पर्खिरहेको छ । हालसम्म ९ महिनाको तथ्यांक सार्वजनिक भएको छैन ।

तसर्थ, वैशाख मसान्तसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक हुने सम्भावना नरहेको केन्द्रीय बैंकका एक अधिकारीले नेपाली पैसालाई बताए । मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने नियामकीय प्रावधान छ । तर, यो तेस्रो त्रैमासिक समीक्षा नियामकीय प्रावधानअनुरुप सार्वजनिक नहुने लगभग निश्चित भएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुबाट उत्साहजनकरुपमा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह बढाउने दायित्व केन्द्रीय बैंकसँग छ । तर थप लचिलो नीति लिएर कर्जा प्रवाह बढाउने सोचमा केन्द्रीय बैंक देखिएको छैन । अहिले सेयर बजार घटिरहेको छ ।  सेयर लगानीकर्ताहरु अहिले मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । जसले आगामी मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा  कर्जामा लगाउँदै आएको सीमा हटाउने वा राख्ने भन्ने विषयमा महत्वपूर्ण रहेको छ । त्यसो त अर्थमन्त्री वर्षमान पुनले  सेयर बजारलाई लक्षित गरेर सुधारको योजना ल्याउने बताउँदै आएका छन् । त्यसले पनि मौन्द्रिक नीतिको यो समिक्षालाई निकै गहनपूर्वक हेरिएको छ ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया