तोलामा रु ८ सयले बढ्यो सुनको मुल्य

१ हप्ता अगाडि

काठमाडौं- नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि आएको छ । जस अनुसार आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया