एनआईसी एसिया बैंकको ऋण जेठ महिनाभित्र तिरे जरिवाना छुट

मंगलबार, २५ बैशाख २०८१, १२ : ०१

काठमाडौँ - एनआईसी एसिया बैंकले जेठ महिनाभित्रमा कर्जा रकम चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा पनि छुट दिने भएको छ । 

बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यो योजना ल्याएको जनाएको छ । बैंकका अनुसार ९१ दिनदेखि १८० दिनको भाखा नाघेका ऋणीको ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेको समयावधिका ऋणीलाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय नाघेकाले ३५ प्रतिशत छुट पाउनेछन् । 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । 
 

मंगलबार, २५ बैशाख २०८१, १२ : ०१

प्रतिक्रिया