विश्व बैंकले गर्यो ८० मिलियन डलर ऋण स्वीकृत

१ हप्ता अगाडि

काठमाडौँ - विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ ।

यस्तै वित्तीय समाधानको विविधीकरणमा समेत लगानी गर्नुपर्ने छ । यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ । विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै यो ऋण सहयोगले नेपालको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र यससँग सम्बन्धित लगानीलाई प्रोत्साहन गर्ने छ । बैंकिङ क्षेत्रको पोर्टफोलियोमा ग्रीन बोन्डस, जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य भेट्टाउनका लागि सहयोगी बन्ने बताइएको छ । ‘यो रकमले नेपाल सरकारलाई आफ्नो देशको निजी क्षेत्रको वित्तीय क्षेत्र सुधारमा भूमिका खेल्छ,’ विश्व बैंक टास्क टिम लिडर फर दि प्रोजेक्ट तात्सिना क्लिअत्स्कोवाले भनिन्, ‘बैंकिङ, बीमा र पुँजी बजारको सुधारको औजार चलाउन सहयोगी बन्छ ।’

१ हप्ता अगाडि

प्रतिक्रिया