डिशहोमले १५ वटा सहरमा रोड-शो गर्दै

१ हप्ता अगाडि

काठमाडौँ - २०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ ।  टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्न लागिएको हो ।

यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डे भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्ज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् । अन्य थप रोमाञ्चक गतिविधिहरू हुनेछन् जहाँ सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्नेछन् ।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने  रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगन्ज, जेठ १ गते हेटौँडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौँमा आयोजना भई समापन हुनेछ । कार्यक्रमले देशैभर हजारौँ जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया