गर्मी बढेसँगै सुनकोसीमा ¥याफ्टिङमा रमाउदै पर्यटक

१ हप्ता अगाडि

काठमाडौँ - विश्वकै दसौं उत्कृष्ट गन्तब्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदिमा सार्वजनिक विदा र शनिबार ¥याफ्टिङ गर्न आउनेहरुको चाप बढेका छ । पछिल्लो दिनमा अत्याधिक गर्मी बढेका कारण ¥याफ्टिङ गर्ने पर्यटकमा बृद्धि भएको हो । 

गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । साहसिक खेल ¥याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको संख्या दैनिक बढिरहेकाले यहाँका सबै रिर्सोट व्यस्त भएको रिसोर्टका सञ्चालकहरु बताउँछन् । ¥याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा ¥याफ्टिङ गर्ने हुने गरेको छ । पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको संख्यामा समेत बृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा # सञ्चालन गर्ने रिसोर्ट बढेका छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया