मेलम्चीका किसानलाई कृषि औजार अनुदान

१ हप्ता अगाडि

काठमाडौँ - मेलम्ची ६ तालामाराङका किसानलाई कृषि सामग्री र आवश्यक तालिम प्रदान गरिएको छ । तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर ६ को आयोजनामा र मेलम्ची नगरपालिका कृषि विकास शाखा संगको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९\८० मा संचालित मकै पकेट निरन्तरता कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण तथा मिनिटिलर प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको हो ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उप प्रमुख उमा प्रधानको विशेष आतिथ्यमा  कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषि क्षेत्रलाई अगाडि बढाउन र कृषिमा आधुनिकीकरणका लागी ट्याक्टरले मात्र पर्याप्त नहुने भन्दै यो ट्याक्टर अनुदानमा लिई रहँदा यसलाई संरक्षण गर्ने जिम्मेवारी कृषकको रहेको बताए । आफ्नो मात्र खेतवारि संगै छिमेकीको पनि खेत बारि जोत्न सहयोग गर्नेमा आफू बिश्वस्त रहेको बताए ।

उनले कृषकहरुलाई सहजताका लागि कृषि शाखा बाट अझ धेरै कार्यक्रमहरु अनुदानमा ल्याएको जानकारी दिए। प्रमुख अतिथी तामाङले मेलम्ची नगरपालिका भित्र रहेका ठाउँहरुमा आबश्यक बजेट नगर प्रमुख तथा उपप्रमुख अनुगमनमा आएर आबश्यकता अनुसार  बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले ट्याक्टरले आधुनिक तरिकाले खेती गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे । किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराइएको उनीको भनाइ थियो  ।

भौतिकसंगै कृषिलाई पनि प्राथमिकतामा राखिएको प्रधानले जानकारी दिए । उनले आउँदा कार्यक्रमहरुमा ट्याक्टर मात्र नभई  नगरपालिकाले गाई, भैंसी समेत कृषकहरुलाई अनुदानमा दिने हुनाले वास्तविक किसानले नगरका कार्यक्रम हरुमा चासो दिन आग्रह गरे । तेर्से सामुदायिक कृषि सहकारी संस्थाकी अध्यक्ष सुनिता पराजुली देउजाको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि, वडा सचिव स्थानिय लगाएतको उपस्थिति रहेको मेलम्ची नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । कार्यक्रममा कृषकहरुको माग बमोजिम २३ वटा ट्याक्टर वितरण गरिएको आचार्यले जानकारी दिए ।

१ हप्ता अगाडि

प्रतिक्रिया