सानिमा बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालमा छुट

१ हप्ता अगाडि

काठमाडौँ - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रा.लि.मा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट\क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका हुन् । उक्त समझदारी पत्रमा वन्डर्स नेपाल प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र प्रसाद श्रेष्ठज्यू तथा सानिमा बैंक लि.को तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग श्री बिक्रम श्रेष्ठज्यूले हस्ताक्षर गरे ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers  मा उपलब्ध छ ।  सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया