युनिक नेपाल लघुवित्तको खुद नाफा ३ करोड माथि, ईपीएस कस्तो ?

१ हप्ता अगाडि

काठमाडौँ- युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले यो नाफा चालु आवको तेस्रो त्रैमाससम्ममा आर्जन गरेको हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्था ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो । 
 
संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ९.०५ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले १७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

समीक्षा अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी १८७.६७  प्रतिशतले बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । संस्थाको कुल सञ्चालन खर्च ९ करोड ५९ लाख रुपैयाँ रहेको छ । संस्थाको रिजर्भको आकार १९.९७ प्रतिशतले बढ्दै १८ करोड २५ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ १५ करोड २६ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप संलकन २ अर्ब ५४ करोड ८७ लाख र कर्जा प्रवाह ३ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा बढेको छ । संस्थाको खराब कर्जा अनुपात १०.२९ प्रतिशत पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात १०.२९ प्रतिशत कायम थियो । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ८ करोड १ लाख रुपैयाँको व्यवस्था गरेको छ ।   समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २५.८७ रुपैयाँ, प्रतिसयर नेटवर्थ ३२८.६५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५३९.२४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६३.०२ गुणा र तरलता अनुपात ९.२५ प्रतिशत कायम भएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया