भारतीय नागरिकहरूले सानिमा बैंकको डिजिटल भुक्तानी गर्न सक्ने

१ हप्ता अगाडि

काठमाडौं- सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्कअन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकको विश्वास छ।   सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालयहरु तथा १ सय २४ वटा एटीएम सञ्जाल रहेका छन्।

१ हप्ता अगाडि

प्रतिक्रिया