उपत्यकाभित्र लक्ष्मी सन्‌राइज बैङ्कको २ वटा शाखाहरू विस्तार

१ हप्ता अगाडि

काठमाडौँ- लक्ष्मी सन्‌राइज बैङ्कले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ। काठमाडौँ महानगरपालिकाको वडा न.१७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौँको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको हो।

त्यसै गरी, काठमाडौँ महानगरपालिकाको वडा न। २६ स्थित गोङ्गबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ। स्थानान्तरण गरिएका साबिकका खुसिबु र गोङ्गबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ। हाल लक्ष्मी सन्‌राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १३१ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभबारे सदस्य राष्ट्रहरुलाई अवगत गराउन फलदायी हुने आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले बताए।

एटीआईमा नेपालसहित, दक्षिण एसियाका फाकिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानका साथै बुर्किना फासो, क्यामरुन, इक्वेडर, इथियोपिया, जर्जिया, घाना, इन्डोनेसिया, केन्या, लाइबेरिया, माडागास्कर, मलावी, मोरिटानिया, मंगोलिया, नामिबिया, नाइजर, पाराग्वे, फिलिपिन्स, रुवान्डा, सेनेगल , सिएरा लियोन, सोलोमन टापु, तान्जानिया, गाम्बिया, टोगो, युगान्डा र जाम्बिया छन्।

एटीआईका विश्व बैंक, एसियाली विकास बैंक, अप्रिकी कर प्रशासन फोरम, (एटीएफ), पश्चिम अफ्रिकी राज्यहरुको आर्थिक समुदाय (इकोवास),  ग्लोबल फाइनान्सिएल इन्टिग्रीटी (जिएफआई), ग्लोबल फोरम इन्टर अमेरिकन सेन्टर अफ ट्याक्स एडनिस्ट्रेशन (सिआईएटी) अन्तर्राष्ट्रिय बजेट साझेदारी (आईबीपी), आर्थिक सहयोग र विकास संगठन (ओईसिडी) पश्चिम अफ्रिकी कर प्रशासन (फोरम–वाटाफ) ले आर्थिक र प्राविधिक सहायत गर्दै आएका छन्। संस्थाको विकास साझेदारमा विश्व बैंक, एसयिाली विकास बैंक, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपेली संघ लगायत छन्।

१ हप्ता अगाडि

प्रतिक्रिया