वाइ वाइ चाउचाउ स्वादसँगै गुणस्तरमा अब्बल: चौधरी ग्रुप

१ हप्ता अगाडि

काठमाडौँ-  चौधरी ग्रुपले वाइ वाइ तयारी चाउचाउ स्वादसँगै गुणस्तरमा अब्बल रहेको बताएको छ ।  वाइ वाइ चाउचाउले आईएसओ र फुड सेफ्टी मेनेजमेन्टको पनि सर्टिफिकेट पाएकाले गुणस्तरीय रहेको कम्पनीले स्पष्ट पारेको छ । यस्तै वाइ वाइको आफ्नो टोटल क्वालिटी मेनेजमेन्ट सिस्टम पनि छ ।  

उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर बन्दै कम्पनीले वाइ वाइको उच्चस्तरीय गुणस्तर मापदण्डहरु पूरा गर्न खाद्य प्राविधिकहरुले नियमित सुक्ष्म जाँच गर्ने गरेका छन् । वाइ वाइ विश्वका ४० देशमा उपलब्ध रहेको र अन्य देशमा समेत फैलिँदो क्रममा रहेको कम्पनीको भनाइ छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया