१७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

१ हप्ता अगाडि

काठमाडौं - वैशाख २६ गतेदेखि भृकुटीमण्डपमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मेलाको उद्घाटन गरेका हुन् ।

मेलाका मुख्य आकर्षणहरूमा लघु घरेलु तथा साना उद्यमीहरूद्धारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरूको प्रदर्शनी रहेको छ । यसैगरी महिला उद्यमीहरूद्धारा उत्पादित वस्तुहरूको छुटै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको छ । मेलामा प्रा‌ङ्गारिक कृषिका उपजहरूको छुटै प्याभिलियन र उपयुक्त एवं नविन प्रविधिहरूको प्रदर्शनीसमेत रहेको छ । अन्तराष्ट्रिय स्तरतर्फ सार्क मुलुक र चीनमा उत्पादित औद्योगिक वस्तुरूको प्रदर्शनी समेत गरिएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया