९ महिनामा १२ करोडको कुरकुरे निर्यात

१ हप्ता अगाडि

काठमाडौँ - भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा चालू आर्थिक वर्ष २०८०\८१ को ९ महिनाको अवधिमा नेपालबाट १२ करोड ८१ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स निर्यात भएको छ । 

विभागले यो अवधिमा २ लाख ३४ हजार किलोग्राम बराबरका यी वस्तु विदेश पुगेको जनाएको छ । नेपालबाट विश्वका २१ वटा देशमा कुरकुरे र कुरमुरे लगायतका वस्तुको जान्छ । जसमध्ये भुटान, भारत, इटाली, इजरायल र अस्ट्रेलियामा सबैभन्दा धेरै निर्यात हुने गरेको छ । भुटानमा ४ करोड ५९ लाख रुपैयाँको कुरकुरे, कुरमुरे र लेस तथा चिजबल्स निर्यात भएको छ । यता अस्ट्रेलियातर्फ १ करोड ८१ लाखको निर्यात हुँदा भारतमा १ करोड ७८ लाखको बेचिएको छ ।

यस्तै इजरायलमा १ करोड १४ लाख र इटालीमा १ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यसबाहेक अमेरिकामा ६ लाख रुपैयाँको निर्यात हुँदा बेलायतमा १२ लाखको निर्यात भएको छ । संयुक्त अरब इमिरेट्स, सिंगापुर, कतार, ओमान, न्यूजील्याण्ड, मलेसिया र कुवेत तथा जर्मनी र हङकङका साथै फिनल्यान्ड, बेल्जियम र क्यानडा समेत नेपालमा उत्पादित कुरकुरे, कुरमुरे, चिजबल्स र लेजको बजार हुन् । तथ्यांकले कुरकुरे, कुरमुरे, लेज र चिजबल्सको ठुलो बजारका रुपमा नेपाल पनि पर्ने देखाउँछ ।

नेपालबाट १२ करोड रुपैयाँ आसपासको निर्यात हुँदा ६४ करोड २७ लाख रुपैयाँभन्दा बढीको आयात हुने गरेको देखिन्छ । यस अवधिमा व्यापारीले सो मूल्य बराबरको ती वस्तु ल्याउँदा ४० करोड ११ लाख रुपैयाँ कर तिरेका छन् । नेपालमा मुख्यगरी विश्वका ११ वटा मुलुकबाट कुरकुरे र कुरमुरे आउने गरेपनि भारत र मलेसियाबाट सबैभन्दा धेरै आउँछ । भारतबाट मात्रै ९ महिनाको अवधिमा ४७ करोड ९९ लाख रुपैयाँको वस्तु भित्रिएको तथ्याङ्क छ ।  यसपछि मलेसियाबाट १४ करोड ३९ लाख रुपैयाँको आयात हुँदा कोरियाबाट ९० लाख र चीनबाट ५० लाख हाराहारीको आयात भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया