प्रिमियम एआई फिचरसहित ‘ए’ सिरिज अन्तर्गत पिक्सेल ८ ए फोन सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं- गुगलले प्रिमियम एआई फिचरसहित ‘ए’ सिरिज अन्तर्गत पिक्सेल ८ ए फोन सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक भएको फोनमा कम्पनीले सात वर्षसम्मको सफ्टवेयर सपोर्ट दिनेछ । 

यो फोन गत वर्ष सार्वजनिक भएको पिक्सेल ८ जस्तै देखिन्छ । यसमा १२० हर्ज रिफ्रेस रेट भएको ६.१ इन्चको डिस्प्ले छ । क्यामेरा भने पिक्सेल ७ एको जस्तै छ । अर्थात् यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड र १३ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ । त्यस्तै प्रोसेसरमा गुगलकै टेन्सर जीथ्री छ । 

फोनमा गुगल सर्कल सर्च, बेस्ट टास्क, म्याजिक इडिटर, अडिओ म्याजिक इरेजर लगायतका एआई फिचर पाउन सकिन्छ । यो फोन १२८ जीबी र २५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । गुगलले यो फोनबाट पहिलो पटक २५६ जीबी स्टोरेज विकल्प दिएको हो । यसमा २७ वाटको चार्जिङ सपोर्ट गर्ने गरी ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । एन्ड्रोइड १४ मा आधारित फोनको मूल्य ४४९ डलर (करिब ६८ हजार रुपैयाँ)बाट सुरु हुन्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया