एनसेलको नयाँ सेन्टर वीरगन्जमा

१ हप्ता अगाडि

काठमाडौँ - बहुराष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले वीरगन्जमा नया सेन्टर सञ्चालनमा ल्याएको छ।  

वीरगन्जको घण्टाघरदेखि पूर्व वीरगन्ज सामुदायिक अस्पताल र शिवा अस्पतालको गल्लीमा खोलिएको एनसेल सेन्टरको कम्पनीका चीफ अफ स्टाफ स्टोफेन रोड्रिगेजले बिहीबार उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा बोल्दै अपरेशन चिफ स्टाफ रोड्रिगेजले ग्राहक सेवालाई प्रमुख प्राथामिकतामा राखेर कम्पनीले सेवा प्रदान गरिरहेको बताए ।  

उनले गुणस्तरीय सेवा प्रदान गरेर समुदायप्रति विश्वसनीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए । कार्यक्रममा कष्टमर एक्सपेरियन्स मेनेजर ज्योती दाहालले एनसेल कम्पनीको सेवाले ग्राहकहरुको पनि मन जितेकोले यसलाई समुदायस्तरमा अझ विश्वसनीय बनाउन सेन्टर मार्फत सेवा उपलब्ध गराईएको बताईन् ।

3.13

 

१ हप्ता अगाडि

प्रतिक्रिया