२ दुई हजार ३ सयले बढ्यो सुनको मूल्य

१ हप्ता अगाडि

काठमाडौं - आज सुनको  मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।यस्तै, चाँदी तोलामा रु ५० ले बृद्धि भएको छ । आज प्रतितोला रु एक हजार सात सय ३५ निर्धारण भएको महासंघ जनाइएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया