नायिका गौतमले भित्र्याइन् कोरियन कम्पनी मिसोकोसका कस्मेटिक प्रडक्ट

१ हप्ता अगाडि

काठमाडौं - नायिका एलिजा गौतमले प्रतिष्ठित कोरियन कम्पनी मिसोकोसका कस्मेटिक प्रडक्टहरू नेपाल भित्र्याएकी छिन् । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी  गौतमले मिसोकोसका प्रडक्ट नेपाल भित्र्याउनका लागि सो कम्पनीसँग कोरिमै पुगेर सम्झौता गरेकी छिन् । 

योसँगै कलाकारिता र समाजसेवामा क्रियाशील रहँदै आएकी गौतम अन्तर्राष्ट्रिय व्यवसायमा समेत आवद्ध भएकी छिन् । सम्झौतामा गौतमको व्यावसायिक फर्म ‘न्यू भेञ्चर एलिजाज कस्मेटिक’की नेतृत्वकर्ता स्ययम् गौतम र कस्मेटिक ब्राण्ड मिसोकोसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किमले हस्ताक्षर गरेका छन् । दक्षिण कोरियाको राजधानी सिओलमा अवस्थित कम्पनीको मुख्यालयमा हिजो बिहीबार सो सम्झौता भएको हो ।

सम्झौतासँगै उक्त कम्पनीले अब नेपालमा आफ्नो उत्पादन निर्यात गर्ने छ भने एलिजा गौतमको नेतृत्वमा रहेको व्यावसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत मिसोकोसका प्रडक्ट बिक्रीवितरण हुने बताइएको छ । ३६ वर्ष पूरानो उक्त कम्पनी मिसोकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरूलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ ।

मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ । साथै, ती सामग्री सस्तो र उच्च गुणस्तरीय हुने एलिजा गौतमले जानकारी दिएकी छिन् । कम्पनीका सीईओ किमले पनि नेपालसँग यसरी व्यावसायिक साझेदारी पाएकोमा खुसी व्यक्त गरेको गौतमले उल्लेख गरेकी छिन् । नायिका गौतमले आफूले कस्मेटिक्स व्यवसायमा हात हाल्न पाएकोमा खुसी व्यक्त गरेकी छिन् । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया