टेलिकमको लाइसेन्समा हेलचेक्राई, पूरानै कानुनमा टेकेर पाँचवर्षलाई लाइसेन्स

शनिबार, २९ बैशाख २०८१, ०७ : ३४

काठमाडाैँ- सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले ५ वर्षको लागि नयाँ लाईसेन्स पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकमलाई ५ वर्षको लाइसेन्स दिने निर्णय गरेको हो। यसको लागि प्राधिकरणले टेलिकमसँग २१ करोड रुपैयाँ दस्तुर लिने छ । 

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाईसेन्स दिनको लागि  नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई  निर्देशन दिने निर्णय गरेको हो । सोहि अनुसार प्राधिकरणले नयाँ लाईसेन्सको निर्णय गरेको हो । 

टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाईसेन्स लिएको थियो । दूरसञ्चार ऐनमा  लाईसेन्स अवधि अवधि बढीमा २५ वर्ष हुने उल्लेख भएकोले टेलिकमको लाइसेन्स अवधि आज २०८१ बैशाख २८ गते सकिँदै छ । लाईसेन्स अवधि सकिन लागेपछि सरकारले नै नयाँ लाईसेन्स दिने निर्णय गरेको हो ।  यसअघि सरकारले लाइसेन्सकाे बिषयमा अाश्वयक कानुन बनाएर मात्र लाइसेन्स  दिने बताइएकाे छ । अब पाँच वर्षपछि टेलिकमकाे लाइसेन्स के हुनेभन्ने अझै अन्याेल छ ।

शनिबार, २९ बैशाख २०८१, ०७ : ३४

प्रतिक्रिया