नेपाल ल्युब आयलको नाफामा वृद्धि

आइतबार, ३० बैशाख २०८१, १२ : २३

काठमाडौँ - नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८०\८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको हो । 

यस त्रैमाससम्म हाइड्रोको खुद नाफा १ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ४१ लाख रुपैयाँ रहेको थियो । कम्पनीले मुख्य व्यापारबाट ८२ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ६२ करोड ९० लाख रहेको थियो । मुनाफा ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ करोड ७८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ४२.८८ प्रतिशतले बढेको हो । जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा १ करोड ६१ लाख ५ हजार रुपैयाँ रहेको छ ।

आइतबार, ३० बैशाख २०८१, १२ : २३

प्रतिक्रिया