काठमाडौँ - यस आर्थिक वर्षको नौ महिनामा दुवै आयात र निर्यातमा गिरावट आएको छ । अघिल्लो वर्ष यसै समयसम्मको तथ्यांक हेर्दा आयात २.८ प्रतिशतले र निर्यात ३.७ प्रतिशतले घटेको हो ।
नौ महिनामा ११ खर्ब ६७ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिसम्म आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । यसैगरी निर्याततर्फ यस आवको पहिलो ९ महिनामा करिब १ खर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्ष यसै अवधिसम्म निर्यात २६.३ प्रतिशतले घटेको थियो ।
नौ महिनामा वस्तु व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटामा २.८ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष यसै अवधिसम्म व्यापार घाटामा १७.१ प्रतिशतले कमी आएको थियो । यस्तै यस वर्षको पहिलो ८ महिनामा प्रति एक रुपैयाँको निर्यात हुँदा ९ रुपैयाँ ८० पैसा बराबरको आयात भएको छ ।अघिल्लो वर्ष पनि यस्तो निर्यात आयात अनुपात ९.८ प्रतिशत नै रहेको थियो ।
प्रतिक्रिया